राजनीति

जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री https://trishikhartimes.com/archives/5536

जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री https://trishikhartimes.com/archives/5536

राजनीति, समाचार
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । हिमालहरु प...
प्रधानमन्त्री ओलीले गरे फेम्बोसाको १२ औँ सम्मेलन उद्घाटन

प्रधानमन्त्री ओलीले गरे फेम्बोसाको १२ औँ सम्मेलन उद्घाटन

राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन उद्घाटन गरेका छन् । बुधबार काठमाडौँमा सुरु भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘बसाईँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका ब...
ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरू समितिका सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरू बुँदामा टेकेपछि समिति सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुन जुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरूलाई थाहा हुनुपर्‍यो । थाहा गराउने व्यवस्था छ की छैन ?’ साथै उनले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरू र कार्यविधिका कुराहरू चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।...
गण्डकीमा एमालेबाट को-को मन्त्री बन्दैछन् ?

गण्डकीमा एमालेबाट को-को मन्त्री बन्दैछन् ?

राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट हाल कायम मन्त्रालय फुटाएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका छन् । एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । एमाले मन्त्रीको नाम टुङ्ग्याउने अन्तिम कसरतमा जुटेको छ । दलका नेता खगराज अधिकारी यसैका लागि शनिवार काठमाडौँ गएका थिए । उनी पोखरा फर्किसकेका छन् । यसअघि मन्त्री बनेकाहरूलाई नदोहोर्‍याउने सार्वजनिक रूपमै अधिकारीले घोषणा गरिसकेका छन् । त्यसैले चारै जना मन्त्रीहरू नयाँ अनुहारका हुने पक्काजस्तै रहेको नेताहरूको भनाइ छ । एमालेले मन्त्री छनोटको ठ्याक्कै मापदण्ड बनाएको त छैन । तर गण्डकीमा मन्त्री छान्दा भूगोल, जातीय क्लष्टर र लैङ्गिक हिसाबले सन्तुलन मिलाउनुपर्छ । जसअनुसार एमालेले पद्या जिसी श...
एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण छ : महामन्त्री थापा

एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण छ : महामन्त्री थापा

राजनीति, समाचार
१६ भदौ, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् । एमाले र माओवादी वीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आएपनि एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उनले सुनाए । दुई दल विचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको र ठीक भएको उनले बताए । मुख्य दुई दलको सत्ता सहकार्य प्रणालीका लागि पनि चुनौतीपूर्ण रहेको उनले बताए । दुई दलमा रहेको चुनौतीको सामना गर्न सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओली वीचमा सौहार्दता हुनुपर्ने थापाले बताए । उनले भने,‘काम गरेर हामीले परिणाम दिनुपर्नेछ । हाम्रो सभापति र नेकपा एमालेको अध्यक्षसँग हुने हार्दिकता, विश्वास महत्वपूर्ण कुरा हुन् ।’...
सिंहदरबारमा थपियो १२९ कृषि प्राविधिकको दरबन्दी

सिंहदरबारमा थपियो १२९ कृषि प्राविधिकको दरबन्दी

राजनीति, समाचार
१६ भदौ, काठमाडौं। सरकारले कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा.हरि केसीका अनुसार मन्त्रालयले १२९ जनाकै कर्मचारीको दबरन्दी सिर्जना गर्न प्रस्ताव पठाइएको थियो । मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न परियोजना कार्यान्वयन इकाइ मातहत रहन गरी नयाँ दरबन्दी तेरिज स्वीकृत भएको उनले बताए । यो निर्णयले सिंहदरबार र काठमाडौंभित्र बस्ने संघीय कर्मचरीको दरबन्दी बढाएको छ । सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो । प्रदेश र स्थानीय तहले कर्मचारी अभाव झेलिरहेका बेला कृषि प्राविधिकहरु संघ सरकारअन्तरगत कृषि प्राव...
विश्वप्रकाशलाई देउवाको जवाफ : तपाईंले भन्दैमा त्याग गर्ने हो ?

विश्वप्रकाशलाई देउवाको जवाफ : तपाईंले भन्दैमा त्याग गर्ने हो ?

राजनीति, समाचार
<strong>१६ भदौ, काठमाडौं ।</strong> नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले आफू नबनेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर त्याग गर्न देउवालाई आग्रह गरेका थिए । शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’ शर्माले प्रधानमन्त्री कांग्रेसमा एकसे एक अग्रज नेताहरु भएकाले उनीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए । अरु नेतालाई प्रधानमन्त्री बनाउँदा हुने फाइदाबारे शर्माले भनेका थिए, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’ @अनलाइनखबर...
कांग्रेस महाधिवेशन र चुनाव एकै वर्ष हुने खतरा छ : बद्री पाण्डे

कांग्रेस महाधिवेशन र चुनाव एकै वर्ष हुने खतरा छ : बद्री पाण्डे

राजनीति, समाचार
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको महाधिवेशन र आम निर्वाचन एकै वर्ष हुने सम्भावना देखिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा पाण्डेले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाले चुनावमा असर पर्न सक्ने सम्भावना रहेको बताए । ‘त्यसका दुष्प्रभावहरु स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनमा पर्ने र पार्टी एक ढिक्का भएर निर्वाचनमा जान नसक्ने विगतको समस्या आगामी दिनमा पनि हुने हो कि’, उनले भने । पार्टी सदस्यता वितरण र नवीकरण समयमा हुन नसकेको भन्दै उनले दुई महामन्त्रीले सदस्यता नवीकरण र वितरण गर्न पटक पटक पत्र पठाएपनि कार्यान्वयन नभएको सुनिएको बताए । ‘उहाँहरुले तल भन्नुहुन्छ । तलका साथीहरुले गराउनुहुन्न । तल तहमा हामीले घच्घच्याउनुपर्ने छ’, पाण्डेले भने । मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका ला...
माधव नेपाल आज रुस जाने

माधव नेपाल आज रुस जाने

राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस जाने भएका छन् । अध्यक्ष नेपाल आइतबार राति रुसको एक सहर भ्लादिभोस्तोक जान लागेका हुन् । रुसमा हुने अन्तर्राष्ट्रिय सम्मेलन मल्टी पोलारिटी फोरममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यक्रमको नेपाल वक्ता रहेको सो पार्टीले जनाएको छ । सेप्टेम्बर ३ देखि ६ सम्म हुने सो कार्यक्रमका लागि अध्यक्ष राति ११ त्यसतर्फ जान लागेको बताइएको छ । @रातोपाटी...
बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

राजनीति, समाचार
काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो । महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ । अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् । @रातोपाटी...