कार्बन उत्सर्जन नेट जीरोको प्रतिवद्धता पूरा गर्न निजी क्षेत्र र विकास साझेदारको सहयोग चाहिन्छ : गभर्नर
११ असोज, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपालले २०३० सम्म दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न र २०४५ सम्म कार्बन उत्सर्जनमा नेट जीरो प्रतिवद्धता पूरा गर्न निजी क्षेत्र र विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार नेपाल बैंकर्स संघ र इम्प्याक्ट फर इन्भेष्ट नेपालले संयुक्त रूपमा आयोजना गरेको नेपालको बैंकिङ क्षेत्रमा क्लाइमेट फाइनान्स र ग्रिन फाइनान्स ट्याक्सनोमी विषयक सेमिनारमा उनले सबै सरोकारवालाले दिगोपन र कार्बन उत्सर्जन कम गर्नलाई प्राथमिकता दिनुपर्ने बताए । जलवायु परिवर्तनका मुद्दाहरूमा बढ्दो चासोले वित्तीय स्रोतको आवश्यकता उजागर गरेको छ, र यसलाई पूरा गर्न निजी क्षेत्र र विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण हुने उनले बताए ।
‘नेपालले एक उदीयमान अर्थव्यवस्थाका रूपमा, दिगो विकास र हरित वित्तमा महत्त्वपूर्ण कदमहरू चालेको छ’ उनले भने ‘स्रोत प्रयोगमा आधारित...









