भोजपुरबाट शेरधन राई एकल सिफारिस

भोजपुर – नेकपा एमालेका सचिव समेत रहेका शेरधन राई भोजपुर जिल्लाका लागि नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उमेद्वारमा एकल सिफारिस भएका छन् । आज बसेको नेकपा एमालेको जिल्ला कमिटीको छैटौं पुर्ण बैठकले राईको मात्रै नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला कमिटीका अध्यक्ष मकर खड्काले जानकारी दिए ।

शेरधन राई यसअघि नै नेपाल सरकारको मन्त्री साथै कोशी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । २०७४ मा प्रदेशसभाका लागि निर्वाचित भएका राई २०७९ मा प्रतिनिधि सभामा भने पराजित भएका थिए । राईलाई नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको लागि कोशी प्रदेश निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *