समाचार

तेस्रो तिनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै

तेस्रो तिनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै

खेलकुद, समाचार
खाँदबारी - संखुवासभाको खाँदबारीमा आज देखि ‘तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता’ सुरु हुँदै छ । तीनपोखरी समाज विकास क्लब खाँदबारीमा आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । माघे सङ्क्रान्तिको अवसरमा खेलकुद, संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान नारासहित ‘तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता’ गर्न लागिएको आयोजकले जनाएको छ । नवीन खेलाडीलाई पूर्ण व्यावसायीकरण र युवा खेलाडीलाई रोजगारीमुखी बनाउन स्थानीय धर्म, संस्कृति, भेषभूषा संरक्षण उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुने भएको हो । कोशी प्रदेशका विभिन्न जिल्लाका ८ क्लबको सहभागीता रहेको प्रतियोगिता प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युवा क्लब उदयपुर, बुढाचुली स्पोर्टिङ क्लब दमकसहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहने छ । प्रतियोगिताका विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ, ट्रफी,...
भोजपुरबाट शेरधन राई एकल सिफारिस

भोजपुरबाट शेरधन राई एकल सिफारिस

राजनीति, समाचार
भोजपुर - नेकपा एमालेका सचिव समेत रहेका शेरधन राई भोजपुर जिल्लाका लागि नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उमेद्वारमा एकल सिफारिस भएका छन् । आज बसेको नेकपा एमालेको जिल्ला कमिटीको छैटौं पुर्ण बैठकले राईको मात्रै नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला कमिटीका अध्यक्ष मकर खड्काले जानकारी दिए । शेरधन राई यसअघि नै नेपाल सरकारको मन्त्री साथै कोशी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । २०७४ मा प्रदेशसभाका लागि निर्वाचित भएका राई २०७९ मा प्रतिनिधि सभामा भने पराजित भएका थिए । राईलाई नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको लागि कोशी प्रदेश निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी समेत दिएको छ ।...
कोशी प्रदेशको आर्थिक मन्त्रीमा लिङ्थेप

कोशी प्रदेशको आर्थिक मन्त्रीमा लिङ्थेप

आर्थिक / ब्यापार, राजनीति, समाचार, स्थानिय तह / प्रदेश
बिराटनगर – कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा सङ्खुवासभाका माननीय विदुर लिङ्थेप नियुक्त भएका छन् । आज भएको कोशी प्रदेशको मन्त्रीमन्डल बिस्तारमा लिङ्थेप मन्त्री बनेका हुन् । नेकपा एमालेका सचिब समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा नयाँ मन्त्रीमन्डलमा फेरबहदल गरेसंगै उनि मन्त्री भएका छन् । लिङ्थेप यस अघि एमालेको प्रदेश सभाका प्रमुख सचेतक रहेका थिए । नयाँ मन्त्रीमन्डलमा मुख्यमन्त्री कार्की सहित एघार जना रहेका छन् । मन्त्रीहरुमा प्रदिप सुनुवार–भौतिक, तिलाचन पाठक–खानेपानी, भिम पराजुली–पर्यटन, इन्द्रमणी पराजुली– आन्तरिक, विदुर लिङ्थेप–आर्थिक, रामप्रसाद महतो–सामाजिक, मानबहादुर लिम्बू–स्वास्थ्य, इस्राइल मञ्सुरी–कृषी साथै उमाकान्त गौतम र शोभा पालुङ्वा लिम्बू राज्यमन्त्री रहने छन् ।...
बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि गोविन्द थपलिया सिफारिस

बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि गोविन्द थपलिया सिफारिस

राजनीति, समाचार
बर्दिया - फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ का लागि गोविन्द थपलियाको नाम सिफारिस भएको छ। नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य समेत रहिसकेका थपलिया अनेरास्ववियुको त्रि-चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै, अनेरास्ववियुको स्थायी कमिटी सदस्य एवम् शैक्षिक विभाग प्रमुख समेत भइसकेका युवा नेता हुन् । अनेरास्ववियुमा रहँदा सडक आन्दोलनमा सदैब अग्रपंक्तिमा रहने थपलियाले सम्पर्क कमिटी, अन्तर जिल्ला कमिटी र सम्पर्क मन्चमा रहेर काम गरेको  अनुभव समेत लिइसकेका छन् । थपलियालाई एमालेबाट ४० वर्ष मुनिको युवा कलष्टरलाई ध्यान दिँदै सिफारिस गरिएको एमालेले बताएको छ । थपलिया दुई बिषयमा माष्टर डिग्री सहित हाल अन्तरास्ट्रिय सम्बन्ध र कुटनितिमा एम.फिल. लिड पि.एच. डि गर्दैछ्न । जेन्जी आन्दोलन ताका पार्टीको पक्षमा निरन्तर पैरवी गर्ने र वकालत ग...
सरकारमा दुताबासका डलर खानेहरु हाबी भएका छन् । – अनेरास्ववियु अध्यक्ष धामी

सरकारमा दुताबासका डलर खानेहरु हाबी भएका छन् । – अनेरास्ववियु अध्यक्ष धामी

राजनीति, समाचार, समाज
चितवन - अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष दिपक धामीले सुशीला कार्कीको सरकारमा दुताबासका डलर खानेहरु हावि भएको जिकिर गरेका छन् । अनेरास्ववियु बाग्मति प्रदेश कमिटीले आयोजना गरेको मेचि महाकाली जागरण यात्राको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धामीले अहिलेको सरकारमा विभिन्न फाउन्डेसन मार्फत डलर लिएर देश जलाउनेहरु रहेकोले देश अझै संकटमा जाने खतरा रहेको बताएका छन् । अबोध बालबालिकालाई मानब ढालको रुपमा प्रयोग गरेर आफु सत्ताको स्वाद लिनेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने समेत उद्घोष गरे । उनले वितेको चार महिनामा नेपाली जनताले देश जलाउने र विदेशी शक्तीहरुसंगको साँठगाँठ गरेर नेपाललाई युक्रेन बनाउन लाग्नेलाई चिनिसकेको जनाउँदै अब उनलाई सत्तामा बसिरहन छुट नरहेको धारणा समेत ब्यक्त गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका महासचिव अन्जना सिवाकोटीले अब हरेक चेतनशील नागरिक...
खाँदबारीमा अरुण उपत्यका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

खाँदबारीमा अरुण उपत्यका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

शिक्षा, समाचार
खाँदबारी - वरुण बहुमुखी क्याम्पस खाँदबारीको ४० औं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको अरुण उपत्यका स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयजक बरुण बहुमुखी क्यम्पसले, खाँदबारी ४८ अंक प्रप्त गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा 40 अंक प्राप्त गरि महेन्द्र मावि मानेभञ्ज्याङले द्वितीय र ३६ अंक प्राप्त गरि अरुण बहुमुखी क्याम्पस, प्याउलि भोजपुरले तृतीय स्थान प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा १४ वटा क्याम्पस तथा विद्यालयहरु सहभागी भएको कार्यक्रम संयोजक राजेन्द्र सर्वहाराले बताएका छन् ।...
अपाङ्गको उम्मेदवारी सुनिश्चिततामा अन्तरिम आदेश

अपाङ्गको उम्मेदवारी सुनिश्चिततामा अन्तरिम आदेश

राजनीति, समाचार, समाज
काठमान्डौ – सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिको समानुपातिक उम्मेदवार सुनिश्चितता माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अपाङ्गता भएका व्यक्तको समानुपातिक प्रतिनिधित्व गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईं, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले रिट दिएका थिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो । रिटमा अदालतसमक्ष अध्यादेशमार्फत गरिएको संशोधन असंवैधानिक घोषणा गर्न, अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित हुने व्यवस्था पुनः स्थापना गर्न, तथा अन्त...
एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

एन्फाको निर्वाचन माघ २८ मा गर्ने निर्णय

खेलकुद, समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । २०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था छ । तर एन्फाले भने फिफा विश्वकपलाई लक्षित गर्दै अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरुको भनाइबीच उक्त निर्णय गरिएको हो । एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चार वर्षे कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए । तर एन्फा नेतृत्वले बहुमतको आधारमा अर्ली ईलेक्सनमा जाने निर्णय गरेको हो ।...
त्याग र बलिदानको ईतिहास नभएकाबाट भ्रमित भए देशलाई खतरा छ – प्रचण्ड

त्याग र बलिदानको ईतिहास नभएकाबाट भ्रमित भए देशलाई खतरा छ – प्रचण्ड

राजनीति, समाचार
खाँदबारी – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्याग र बलिदानको ईतिहास नभएकाबाट भ्रमित भए देशलाई खतरा हुने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले सङ्खुवासभामा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ भनिनेहरुले सामाजिक सन्जालमा फैलाएका भ्रममा जनता परे देश सङ्कटमा पर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले विचार, विवेक, निति र कार्यक्रमलाई ध्यान दिन आवस्यक रहेको समेत सचेत गराएका छन् । उनले थप्तै भने “अदृस्य शक्ती नेपालको भुमि प्रयोग गरेर नेपालका दुई छिमेकीहरुको नियन्त्रण गर्न नेपालमा अनेक बाहानामा आन्दोलन गराएर अस्थिरता निम्त्याउन चाहन्छ । त्यहि शक्ती समाज र जनतालाई भ्रमित पार्ने, जनताको एकता टुटाउने र यो राष्ट्रलाई अर्कै ठाउँमा लैजान चाहान्छ ।” त्यस्तो भ्रममा नपर्न उनले जोड दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी हाल एकता पस्चात दैशभरी नै एकता स...
तेह्रथुममा कक्फेवा तङ्नाम अवसरमा खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

तेह्रथुममा कक्फेवा तङ्नाम अवसरमा खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

खेलकुद, समाचार, स्थानिय तह / प्रदेश
तेह्रथुम — कक्फेवा तङ्नामको अवसरमा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। प्रतियोगिता गौखुरी युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत पुरुष र महिला दुवै तर्फका खेलहरू समावेश गरिनेछ। पुरुष फुटबलतर्फ प्रथम हुने टिमले नगद रु. १,२१,१२१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु. ६१,१६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। पुरुष टिमका लागि इन्ट्री शुल्क रु. ५,१०० निर्धारण गरिएको छ। त्यसैगरी महिला फुटबलतर्फ प्रथम पुरस्कार रु. ५१,१५१ र दोस्रो पुरस्कार रु. ३१,१३१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला फुटबल प्रतियोगितामा सहभागी हुन कुनै इन्ट्री शुल्क लाग्ने छैन...