समाचार

दसैँ–तिहारमा २० प्रकारका सुरक्षा चुनौती, काठमाडौँमा ३ हजार ७६५ प्रहरी परिचालन

दसैँ–तिहारमा २० प्रकारका सुरक्षा चुनौती, काठमाडौँमा ३ हजार ७६५ प्रहरी परिचालन

समाचार
काठमाडौँ । काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ । लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ । बन्द पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पाकेटमारी र स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौती देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ ।’ काठमाडौँ प्रहरीले घटनाको सूचना पाएको ५ देखी १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र वृहत् प्रतिकार्य पुरा गरिने एसएसपी रजौरेले बताए । @रातोपाटी...
वर्षाले १४ स्थानमा चेतावनीको तह पार

वर्षाले १४ स्थानमा चेतावनीको तह पार

समाचार
११ असोज, काठमाडौं । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षाको रेकर्ड छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा पनि वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी केचनाम...
कार्बन उत्सर्जन नेट जीरोको प्रतिवद्धता पूरा गर्न निजी क्षेत्र र विकास साझेदारको सहयोग चाहिन्छ : गभर्नर

कार्बन उत्सर्जन नेट जीरोको प्रतिवद्धता पूरा गर्न निजी क्षेत्र र विकास साझेदारको सहयोग चाहिन्छ : गभर्नर

आर्थिक / ब्यापार, समाचार
११ असोज, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपालले २०३० सम्म दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न र २०४५ सम्म कार्बन उत्सर्जनमा नेट जीरो प्रतिवद्धता पूरा गर्न निजी क्षेत्र र विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार नेपाल बैंकर्स संघ र इम्प्याक्ट फर इन्भेष्ट नेपालले संयुक्त रूपमा आयोजना गरेको नेपालको बैंकिङ क्षेत्रमा क्लाइमेट फाइनान्स र ग्रिन फाइनान्स ट्याक्सनोमी विषयक सेमिनारमा उनले सबै सरोकारवालाले दिगोपन र कार्बन उत्सर्जन कम गर्नलाई प्राथमिकता दिनुपर्ने बताए । जलवायु परिवर्तनका मुद्दाहरूमा बढ्दो चासोले वित्तीय स्रोतको आवश्यकता उजागर गरेको छ, र यसलाई पूरा गर्न निजी क्षेत्र र विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण हुने उनले बताए । ‘नेपालले एक उदीयमान अर्थव्यवस्थाका रूपमा, दिगो विकास र हरित वित्तमा महत्त्वपूर्ण कदमहरू चालेको छ’ उनले भने ‘स्रोत प्रयोगमा आधारित...
पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

समाचार
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर काठमाडौँबाट हेटौँडा जाने फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडान नम्बर–२ स्थित सुकौडामा पहिरो खसेको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले बताए । पहिरोका कारण भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको हो । घटनास्थलमा प्रहरी चौकी खानीखेतबाट टोली खटिएको छ । स्थानीय निकायसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिए । @रातोपाटी...
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

समाचार
११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् । उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए । @अनलाइनखबर...
लेदोले वीपी राजमार्ग अवरुद्ध

लेदोले वीपी राजमार्ग अवरुद्ध

समाचार
११ असोज, काठमाडौं । लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ । @अनलाइनखबर...
नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

समाचार
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो । विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री सिंहलाई शुक्रबार दिउँसो भेटेर सडक, यातायात, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गर्न लागिएको जानकारी दिए । साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरा सेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिने जानकारी दिए । @रातोपाटी...
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

समाचार
ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए । तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिए । उक्त रकम पर्याप्त नभएको उनले बताए । केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उपभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ । @रासस...
पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

समाचार
११ असोज, पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड रुपैयाँ विनियोजन गरेर काम सञ्चालन भएको हो । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि ८३ करोड ७९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको हो । मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताए । केही संघीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् । कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा ...
एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

आर्थिक / ब्यापार, समाचार
११ असोज, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ७ सयमा सुनको कारोबार भएको थियो । विगत एक सातादेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आइतबार १ लाख ५८ हजार ८००, सोमबार १ लाख ५९ हजार २००, मंगलबार १ लाख ५९ हजार ७००, बुधबार १ लाख ६० हजार ४०० र बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध...