कोशी प्रदेशको आर्थिक मन्त्रीमा लिङ्थेप
बिराटनगर – कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा सङ्खुवासभाका माननीय विदुर लिङ्थेप नियुक्त भएका छन् । आज भएको कोशी प्रदेशको मन्त्रीमन्डल बिस्तारमा लिङ्थेप मन्त्री बनेका हुन् ।
नेकपा एमालेका सचिब समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा नयाँ मन्त्रीमन्डलमा फेरबहदल गरेसंगै उनि मन्त्री भएका छन् । लिङ्थेप यस अघि एमालेको प्रदेश सभाका प्रमुख सचेतक रहेका थिए । नयाँ मन्त्रीमन्डलमा मुख्यमन्त्री कार्की सहित एघार जना रहेका छन् । मन्त्रीहरुमा प्रदिप सुनुवार–भौतिक, तिलाचन पाठक–खानेपानी, भिम पराजुली–पर्यटन, इन्द्रमणी पराजुली– आन्तरिक, विदुर लिङ्थेप–आर्थिक, रामप्रसाद महतो–सामाजिक, मानबहादुर लिम्बू–स्वास्थ्य, इस्राइल मञ्सुरी–कृषी साथै उमाकान्त गौतम र शोभा पालुङ्वा लिम्बू राज्यमन्त्री रहने छन् ।...

