
खाँदबारी – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्याग र बलिदानको ईतिहास नभएकाबाट भ्रमित भए देशलाई खतरा हुने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले सङ्खुवासभामा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ भनिनेहरुले सामाजिक सन्जालमा फैलाएका भ्रममा जनता परे देश सङ्कटमा पर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले विचार, विवेक, निति र कार्यक्रमलाई ध्यान दिन आवस्यक रहेको समेत सचेत गराएका छन् ।

उनले थप्तै भने “अदृस्य शक्ती नेपालको भुमि प्रयोग गरेर नेपालका दुई छिमेकीहरुको नियन्त्रण गर्न नेपालमा अनेक बाहानामा आन्दोलन गराएर अस्थिरता निम्त्याउन चाहन्छ । त्यहि शक्ती समाज र जनतालाई भ्रमित पार्ने, जनताको एकता टुटाउने र यो राष्ट्रलाई अर्कै ठाउँमा लैजान चाहान्छ ।” त्यस्तो भ्रममा नपर्न उनले जोड दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी हाल एकता पस्चात दैशभरी नै एकता सन्देश सभा सन्चालन गर्दै आईरहेको छ ।
