सरकारमा दुताबासका डलर खानेहरु हाबी भएका छन् । – अनेरास्ववियु अध्यक्ष धामी
चितवन - अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष दिपक धामीले सुशीला कार्कीको सरकारमा दुताबासका डलर खानेहरु हावि भएको जिकिर गरेका छन् ।
अनेरास्ववियु बाग्मति प्रदेश कमिटीले आयोजना गरेको मेचि महाकाली जागरण यात्राको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धामीले अहिलेको सरकारमा विभिन्न फाउन्डेसन मार्फत डलर लिएर देश जलाउनेहरु रहेकोले देश अझै संकटमा जाने खतरा रहेको बताएका छन् ।
अबोध बालबालिकालाई मानब ढालको रुपमा प्रयोग गरेर आफु सत्ताको स्वाद लिनेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने समेत उद्घोष गरे । उनले वितेको चार महिनामा नेपाली जनताले देश जलाउने र विदेशी शक्तीहरुसंगको साँठगाँठ गरेर नेपाललाई युक्रेन बनाउन लाग्नेलाई चिनिसकेको जनाउँदै अब उनलाई सत्तामा बसिरहन छुट नरहेको धारणा समेत ब्यक्त गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका महासचिव अन्जना सिवाकोटीले अब हरेक चेतनशील नागरिक...

