समाज

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

समाचार, समाज
३ असोज, काठमाडौँ। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए । ‘अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,’ उनले भने,...
पोखरा नगर युवा परिषद्ले बुझायो पञ्चवर्षीय रणनीतिक कार्य योजना

पोखरा नगर युवा परिषद्ले बुझायो पञ्चवर्षीय रणनीतिक कार्य योजना

समाज
३ असोज, काठमाडौं । पोखरा महानगरपालिका नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना महानगरलाई बुझाएको छ । युवा लक्षित कार्यक्रम ल्याउन परिषद्‌ले संविधान दिवसको अवसरमा नगरप्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई रणनीतिक योजना बुझाएको हो । परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेलेका अनुसार योजनामा युवा रोजगारलाई प्रमुख प्राथमिकता दिइएको छ । पछिल्लो समय बढिरहेको युवा पलायन रोक्न विभिन्न योजनाहरु समावेश गरिएको जानकारी दिए । त्यसका लागि विदेशबाट फर्किएका रिटर्नीहरुका लागि र प्राविधिक शिक्षालाई जोड दिने गरी पनि योजना ल्याइएको न्यौपानेले सुनाए । ‘पूरा गर्न नसकिने योजनाहरु ल्याएका छैनौं । युवाको माग युवाले नै बुझ्दछन् भन्ने अवधारणाअनुसार उनीहरुकै सहभागितामा विभिन्न चरणमा छलफल पछि मात्रै यो रणनीतिक योजना ल्याइएको हो’, उनले भने । पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका ...
पश्चिम म्याग्दीका किसान फेरि कोदोखेती गर्न थाले

पश्चिम म्याग्दीका किसान फेरि कोदोखेती गर्न थाले

समाचार, समाज
२ असोज, म्याग्दी । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिनै छाडे । अहिले कोदो माग फेरि बढेसँगै छोडिसकेको कोदो खेतीमा पश्चिम म्याग्दीवासी फेरि आकर्षित भएका छन् । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । ‘गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्’, विकले भने, ‘आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।’ प्रतिपाथी दुई सय रुपैयाँका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्...
ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

समाचार, समाज
ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ । जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ । मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ । अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष न...
ऋषिपञ्चमीको सन्देश

ऋषिपञ्चमीको सन्देश

समाचार, समाज
ऋषिपञ्चमी हिन्दू संस्कृतिअन्तर्गत नारीहरूको एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष तिजको पर्सिपल्ट अर्थात् भाद्र महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ । जसले ऋषिहरूसँगको सम्बन्धलाई बलियो बनाउने काम र विशेष गरि महिलाहरूले ऋषिहरूलाई सम्झेर यो दिनलाई विशेष गरी ऋषिहरूप्रति श्रद्धा अर्पण सम्झेर आफ्नो पञ्चभौतिक शरीरलाई शुद्ध पार्नका लागि अरुन्धतीसहित सप्‍त ऋषिहरूको पूजा गरी व्रत बस्ने प्रचलन रहेको छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकै कारणले गर्दा आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो । महिलाले आजको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीको किनारामा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । स्नान गरेर पञ्चगव्य (गाईको गहूँत, दूध, दही, घ्यू, गोबर) सेवन गर्ने प्रचलन छ । त्यसपछि शुद्ध वस्त्र लगाएर महिलाहरू सप्तऋषिहरूको पूजा गर्न विशेष विधि अपन...
५ करोडको व्यापार दैनिक गुमाउँदै निगम

५ करोडको व्यापार दैनिक गुमाउँदै निगम

आर्थिक / ब्यापार, समाज
काठमाडौँ — दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेकामा वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीको नेपल्समा छ । अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ मा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या भएर शनिबार रातिदेखि नै उडान भर्न सकेको छैन । निगमको मार्केटिङ विभागका अनुसार एउटा न्यारोबडीले दिनमा करिब एक करोड र दुईवटा वाइडबडीले चार करोडको कारोबार गर्दै आएका थिए । तीन वटा विमान ‘ग्राउन्डेड’ भएपछि सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको नोक्सानी हुने भएको छ । यस रुटमा निगमको वाइडबडीले कार्गोबाट पनि मनग्य आम्दानी गर्दै आएको छ ...
यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिल...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखा...
विद्यार्थी भेलाले तोक्यो ने.बि.संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समिति संयोजक

विद्यार्थी भेलाले तोक्यो ने.बि.संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समिति संयोजक

राजनीति, समाचार, समाज, समाज / जिवनशैली
बुटवल । नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुको भेलाले नेपाल बिद्यार्थी संघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिको संयोजकमा रमेश पाण्डे लाइ तोकेको छ । आज बसेको विद्यार्थीहरुको भेलाले समितिको संयोजक तोकेको पुर्व विद्यार्थी नेता अर्जुन खनालले जानकारी दिएका छन । उनका अनुसार मिति २०८१ असोज १२ सनिवार अधिवेशन गर्नेगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे (वरिष्ठ) लाई संयोजक, नारायण घिमिरे (भावुक), उमेश पछाइ, राकेश पाण्डे, हरि घिमिरे, किशोर खनाल र संदिप पुन मगर लाई सदस्य तोक्दै अधिवेशन समिती गठन भएको थियो । नेपाल बिद्यार्थी संघ अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षतामा सुरु भएको भेलामा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य टंक पाण्डे, ने.बि.संघ केन्द्रिय सदस्य प्रदिप घर्ती मगर, ने.बि.संघ केन्द्रिय सदस्य बिकास पाण्डे, ने.बि.संघ अर्घाखाँची जिल्ला अध्यक्ष कृष्ण भुषाल, ने...
भक्तपुरको डेरी पसलमा आगलागी, साढे ३ लाख बराबरको क्षति

भक्तपुरको डेरी पसलमा आगलागी, साढे ३ लाख बराबरको क्षति

समाचार, समाज
७ भदौ, काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ । आज बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले ८ बजेर १९ मिनेटमा आगलागी भएको र ८ बजेर ३१ मिनेटमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए । आगो निभाउन प्रहरी वृत्त ठिमीबाट २० जनाको टोली खटिएको थियो ।...