बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि गोविन्द थपलिया सिफारिस

बर्दिया – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ का लागि गोविन्द थपलियाको नाम सिफारिस भएको छ। नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य समेत रहिसकेका थपलिया अनेरास्ववियुको त्रि-चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै, अनेरास्ववियुको स्थायी कमिटी सदस्य एवम् शैक्षिक विभाग प्रमुख समेत भइसकेका युवा नेता हुन् । अनेरास्ववियुमा रहँदा सडक आन्दोलनमा सदैब अग्रपंक्तिमा रहने थपलियाले सम्पर्क कमिटी, अन्तर जिल्ला कमिटी र सम्पर्क मन्चमा रहेर काम गरेको  अनुभव समेत लिइसकेका छन् ।


थपलियालाई एमालेबाट ४० वर्ष मुनिको युवा कलष्टरलाई ध्यान दिँदै सिफारिस गरिएको एमालेले बताएको छ । थपलिया दुई बिषयमा माष्टर डिग्री सहित हाल अन्तरास्ट्रिय सम्बन्ध र कुटनितिमा एम.फिल. लिड पि.एच. डि गर्दैछ्न । जेन्जी आन्दोलन ताका पार्टीको पक्षमा निरन्तर पैरवी गर्ने र वकालत गर्ने निडर र साहसी नेताको छवि थपलियाले बनाएका छ्न । उनि सहित थप ४ जना गरि जम्मा ५  जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *