समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

समाचार
११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि राखिएको छ । रास्वपाले आज अपरान्ह ४ बजे गर्ने भनिएको पत्रकार सम्मेलन दिउँसो २ः३० बजेका लागि सारिएको छ । @अनलाइनखबर...
प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

समाचार
११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् । न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए । यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई सिफानदोन लगायतले पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री...
‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’

‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’

समाचार
११ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी गराए । ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित अन्...
गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

समाचार
११ असोज, काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ । किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ । संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ । किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थाप...
खराब मौसमका कारण हवाई सेवा प्रभावित

खराब मौसमका कारण हवाई सेवा प्रभावित

समाचार
११ असोज, काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ । @अनलाइनखबर...
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार

यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार

समाचार
विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । @रातोपाटी...
प्रहरीले बुझायो ‘सुगर ड्याडी’ देउलाको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो ‘सुगर ड्याडी’ देउलाको अनुसन्धान प्रतिवेदन

समाचार
१० असोज, काठमाडौं । यातना दिएको आरोपमा पक्राउ परेका आशिष देउलामाथिको अनुसन्धान प्रहरीले टुंग्याएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलासहित चार जनामाथि अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । परिसरको मुद्दा शाखाका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार बिहीबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो । उनका अनुसार देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई ज्यान मार्ने उद्योग र शरीर बन्धकको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । घरमा बन्धक बनाएर यातना दिएको, शरीर बन्धक र ज्यान नै जानेगरी चरम यातना दिइएकाले दुईवटा कसुरमा मुद्दा चल्नुपर्ने राय प्रहरीको छ ।...
बिहारमा जितिया पर्वमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

बिहारमा जितिया पर्वमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

समाचार
नयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रहेको विभागले जनाएको छ । पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ । दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतः पोखरीमा पानी कम हुन्छ तर यस वर्ष धेरै वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ । रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ । जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्ड जस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् ...
काेशी ब्यारेजबाट बस खस्याे

काेशी ब्यारेजबाट बस खस्याे

समाचार
१० असाेज, विराटनगर । बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । ‘बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण खुलेकाे छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछाैं ।’ @अनलाइनखबर...
लेखापरीक्षण गराउन मातहतका निकायलाई शिक्षा मन्त्रालयको निर्देशन

लेखापरीक्षण गराउन मातहतका निकायलाई शिक्षा मन्त्रालयको निर्देशन

समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहत निकायलाई अनिवार्य रूपमा लेखापरीक्षण गराउन निर्देशन दिएको छ । विश्वविद्यालय, केन्द्र, बोर्ड, प्रतिष्ठान तथा कार्यालयहरूलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गराउन मन्त्रालयले निर्देशन दिएको हो । विगतका वर्षमा अन्तिम लेखापरीक्षण हुँदा केही निकायले लेखापरीक्षणका लागि स्रेस्ता पेस नगरेको र लेखापरीक्षण नगराएको भनी महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा शिक्षा मन्त्रालय र अन्तर्गतका सरकारी निकायतर्फ २ वटा निकायहरूको र संगठित संस्थातर्फ १०५ वटा निकायहरूको लेखापरीक्षण बाँकी रहेको उल्लेख छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको बेरुजु फर्छ्यौट उपसमितिमा असोज ७ गते छलफल भएको थियो । छलफलका क्रममा लेखापरीक्षण नगराई बक्यौता राख्ने निकायहर...