समाचार

मदन भण्डारी मेमोरियल कलेजमा भोलिदेखि ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

मदन भण्डारी मेमोरियल कलेजमा भोलिदेखि ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले सूचना प्रविधिमा अध्‍ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गराउन ‘एमबिएमसी आइडिया एक्स २०२४’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्‍मेलन गरी भोलिदेखि (असोज११- १३ गतेसम्म) दोस्रो संस्करणको हृयाकाथन गर्न लागिएको मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए । यसअघि पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवद्र्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ ग्ल्भ्क्ऋइ नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ज्बअपबतजयल सम्पन्न गरिएको थियो । ‘ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको ...
धरौटीमा छुटे रास्वपाका पूर्वसांसद ढाकाकुमार

धरौटीमा छुटे रास्वपाका पूर्वसांसद ढाकाकुमार

समाचार
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् । उनी प्रतिबन्धित औषधि (लागु औषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए । लागु औषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा उनलाई फार्मेसीबाट पक्राउ गरिएको हो । प्रहरी बयानका क्रममा ती युवकले उक्त लागु औषध ढाकाकै फार्मेसीबाट ल्याएको बताएका थिए । बयान दिएको ती व्यक्तिलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । @रातोपाटी...
आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त छन् : पूर्वअर्थमन्त्री खतिवडा

आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त छन् : पूर्वअर्थमन्त्री खतिवडा

समाचार
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्री खतिवडाले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गरे । उनले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताए । उनले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ कि छैनौँ भनेर सोच्नुपर्ने बताए । उनले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरू मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रा आर्थिक, सामाजिक क्षेत्रका कतिपय...
प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउनुपर्छ : सभामुख घिमिरे

प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउनुपर्छ : सभामुख घिमिरे

समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सभामुख घिमिरेले संघीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताए । उनले संघीयताबारे भएका बहस पनि भावनामा नभई तथ्यका आधारमा हुनुपर्ने बताए । उनले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताए । उनले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभई सिंगो राष्ट्रका लागि हुनुपर्ने बताए । उनले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद नरहेको जिकिर गरे । सभामुख घिमिरेले संसद्ले बनाउने कानुनको मस्यौदा बनाउँदासमेत प्रतिष्ठानका सहभागिता र सहकार्य अपरिहार्य रहेको भन्दै संघीय संसद् सचिवालयल...
भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण पूरा भएका विकास आयोजनाको भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको अध्यक्ष रवि सिंहले बताए । सरकारले रकम तत्काल निकासा हुने प्रतिवद्धता गरे पनि सो विपरीत रकम भुक्तान नहुँदा व्यवसायीहरूको राज्यमाथिको भरोसा टुट्ने अवस्थामा पुगेको उनको भनाइ छ । दशैं तिहारजस्ता चाडपर्वका बेला निर्माण व्यवसायी र उनीहरुसँग आश्रित परिवार र मजदुरलाई राहत दिन महासंघले सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष सिंहले बताए । @अनलाइनखबर...
निर्माण थालेको दशकपछि सुस्तामा झोलुङ्‍गे पुल, उद्घाटनमा ‘भीआईपी’ लर्को

निर्माण थालेको दशकपछि सुस्तामा झोलुङ्‍गे पुल, उद्घाटनमा ‘भीआईपी’ लर्को

समाचार
१० असोज,काठमाडौं । भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्‍गे पुल औपचारिक उद्घाटन भएको छ । निर्माण सुरु भएको नौ वर्षपछि सुस्ता पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) निर्माण भएको झन्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् । असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन । त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोडभन्दा बढी लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो । भीआईपी लर्को सुस्तावासीले एक दशक आश गरेर बल्ल उपयोग गर्न पाएको पुल उद्घाटनमा ‘भीभीआईपी’ र ‘भीआईपी’ को भने लर्को नै लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमा...
भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । हेर्नुहोस् सूचना @अनलाइनखबर...
क्रिकेटर सरस्वती जीएमले गरिन् सन्न्यास फिर्ताको घोषणा

क्रिकेटर सरस्वती जीएमले गरिन् सन्न्यास फिर्ताको घोषणा

समाचार
१० असोज, काठमाडौं । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती जीएमले क्रिकेट करिअरबाट लिएको सन्न्यास फिर्ता गर्ने घोषणा गरेकी छिन् । गत जेठमा त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता अन्तर्गत ललितपुर–११ बाट कोशी प्रदेशविरुद्ध खेलेपछि उनले सन्न्यासको घोषणा गरेकी थिइन् । तर उनले आफू फेरि क्रिकेटमा फर्किने घोषणा गरेकी छिन् । त्यसै अनुसार आगामी मंसिरमा हुने दशौं राष्टिय खेलकुदको तयारी अघि बढाएकी हुन् । ‘मैले जे सोचेकी थिएँ, त्यो पूरा हुन सकेन । त्यसै पनि मनले क्रिकेट छाड्न मानेको थिएन । अब फेरि क्रिकेटमै फर्किने निर्णय गरेको छु’, सरस्वतीले अनलाइनखबरसँग भनिन् । २८ वर्षीय सरस्वती आफ्नो आमा कोरियामा हुँदा त्यतै जान खोजेकी थिइन् । तर भिसामा समस्या भएपछि जान नसकेकी हुन् । दाङकी उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै लगातार राम्रो प्रदर्शन गर्दै आएकी थिइन् । नेपालक...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

समाचार
१० असोज, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बोलाएका हुन् । बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् । @अनलाइनखबर...
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले प्रहरीसँग माग्यो अनुसन्धानको फाइल

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले प्रहरीसँग माग्यो अनुसन्धानको फाइल

समाचार
१० असोज, काठमाडौं । सर्वोच्च अदालतले १२ वर्षदेखि विचाराधीन मुद्दा नटुंग्याई काभ्रेका अर्जुन लामाको हत्या घटना भएको अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले अर्जुन लामा हत्यामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेश गर्न आदेश दिएको हो । ८ वैशाख, २०७२ मा पनि सर्वोच्च अदालतले अर्जुन लामाको हत्याबारे उनकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता अग्नि सापकोटा, सूर्यमान दोङलगायतविरुद्ध दिएको जाहेरीमाथि अनुसन्धान अघि बढाउनु र त्यसको प्रगति प्रतिवेदन १५/१५ दिनमा पेश गर्नु भनी आदेश दिएको थियो । आदेश अनुसार प्रगति प्रतिवेदन प्राप्त हुन नसकेको भन्दै सर्वोच्च अदालतले साढे ९ वर्षपछि फेरि त्यस्तै आदेश ...