गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?
डा. कीर्तिपाल सुवेदी
गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन् ।
खासगरी गर्भवती आमालाई वंशाणुगत रोग भएमा त्यो बच्चामा सर्न सक्छ । थालासेमिया, हेमोफिलिया, एचआईभी एड्स, थाइराइड गडबडी जस्ता समस्या भएमा तिनका शिशुमा पनि उक्त समस्या आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, मुटुरोग र क्यान्सर पनि बच्चालाई सर्न सक्छ । तर गर्भवतीलाई कुनै किसिमको वंशाणुगत रोग छैन भने शिशुमा त्यस्तो कुनै खतरा हुँदैन ।
गर्भावस्थामा यी नौ किसिमको वंशाणुगत समस्या भएपछि जन्मिने शिशुमा सो रोग देखापर्न सक्छ ।
हेमोफिलिया
गर्भवती आमालाई हेमोफेलिया भएमा गर्भमा रहेको बच्चालाई हुनसक्छ । हेमोफिलिया रगत जम्ने प्रक...







