आध्यात्मा / राशिफल

यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

यस्तो छ गौरा पर्वको धार्मिक महत्त्व

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिल...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखा...
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसक...
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
१४ साउन, काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।...
निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य

निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य

आध्यात्मा / राशिफल, समाचार
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ । नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो । त्यस्तै मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताए । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ काे माैद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको ५ । राष्ट्रबैंकले गत आवको तुलनामा लचक हुँदै यी नीतिहरु लिएको हो ।...
आजको राशिफल – Today’s Horoscope

आजको राशिफल – Today’s Horoscope

आध्यात्मा / राशिफल, साहित्य / मनोरञ्जन
आजको राशिफल - Today's Horoscope २०८१ साउन ११ गते | शुक्रवार २६ जुलाई २०२४। श्रावण कृष्णपक्ष, पञ्चमी तिथि, प्रातः ५ः४१ बजेपछि षष्ठी। उत्तरभाद्रपदा नक्षत्र, १८ः५२ बजेपछि रेवती। चन्द्रराशि मीन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्...
आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

आज – ०८ साउन २०८१ मंगलवार को राशिफल

आध्यात्मा / राशिफल, समाचार
आज - ०८ साउन २०८१ मंगलवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्...
आजको तपाइको राशिफल यसप्रकार छ – Aajako Rashifal

आजको तपाइको राशिफल यसप्रकार छ – Aajako Rashifal

आध्यात्मा / राशिफल, समाचार
मेष : बोल्दा ख्याल गर्नुपर्नेछ। आफन्तबाट भन्दा अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी उठाउन विवाद गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : बोलीले प्रभावित बनाउन सक्नु हुनेछ। परोपकारमा मन जानेछ। मनमा उत्साह र उमंग रहने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको लगानीमा विवाद हुनेछ। मिथुन : दिन रमाइलो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुन्छ। निर्णय क्षमतामा प्रश्न उठ्ने देखिन्छ। कर्कट : काम गर्दा मेहनत गर्नुपर्नेछ। डरका कारण बनेको काम बिग्रने जोखिम देखिन्छ। लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने दिन छ। दिउँसोपछि सोचेको काम बन्नेछ। परिवारसँगको सल्लाहले गरेको कामले खुशी मिल्नेछ। सिंह : दिन राम्रो छ। लामो...
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
२ साउन, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा‍. डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्...
आज साउने सक्रान्ति मनाइँदै

आज साउने सक्रान्ति मनाइँदै

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
बुटवल । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउन...