समाज / जिवनशैली

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो । @अनलाइनखबर...
अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । ‘बेनी–दरबाङ सडक पाखो र...
मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।...
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसक...
गट्ठाघर दुर्घटना : कसरी फरक पर्‍यो मृतकको विवरण ?

गट्ठाघर दुर्घटना : कसरी फरक पर्‍यो मृतकको विवरण ?

समाचार, समाज / जिवनशैली
३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । दिउँसो १: ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो । सुरुमा प्रहरीले नै एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको बताएको थियो । पछि मृत्यु हुने महिलाको पहिचान खुलेको उनका दाजुले आएर सनाखत गरेकोसम्म प्रहरीले बतायो । तर मृत भनिएकी महिला आफैं प्रहरीको सम्पर्कमा आएपछि घटनाले नयाँ मोड लियो । त्यसपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दा महिला नभई पुरुषको मृत्यु भएको खुल्यो । घटनास्थलबाट बरामद भएका कागजातका आधारमा पनि पुरुष रहेको खुल्यो । ती पुरुषका आफन्त आएर सनाखत गरेपछि दुर्घटनामा मृत्यु हुने महिला नभई ओखलढुंगाको चिशंखुगढी गाउँपालिक...
सहकारीले ठग्यो राजेन्द्रको सवा करोड, उपचार खर्च नहुँदा मृत्यु

सहकारीले ठग्यो राजेन्द्रको सवा करोड, उपचार खर्च नहुँदा मृत्यु

समाचार, समाज, समाज / जिवनशैली
२७ साउन, काठमाडौं । बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् । पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो । मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको हो । स्थापित...
बडीगाड खोलामा महिलाको शव फेला

बडीगाड खोलामा महिलाको शव फेला

समाचार, समाज / जिवनशैली
२७ साउन, गुल्मी । गुल्मीमा बडीगाड खोलामा एक महिलाको शव फेला परेको छ । चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्लाभर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताए । घटनाको थप अनुसन्धान सुरु हुँदैछ ।...
तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

तनहुँमा नागरिकता भन्दा राहदानी लिने बढी

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली
२४ साउन, दमौली (तनहुँ) । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९...
बागलुङबाट हराउँदै छ मगर खाम भाषा

बागलुङबाट हराउँदै छ मगर खाम भाषा

समाचार, समाज / जिवनशैली
२४ साउन, बागलुङ । एक दशकअघिसम्म मात्रै बागलुङको पश्चिमी क्षेत्रमा मगर खाम ‘पाङ’ भाषा बोल्नेको बाहुल्यता थियो । ती ठाउँ अठार मगरातअन्तर्गतका मगरमात्रै होइन, त्यहाँका दलित समुदायले पनि खाम भाषा बोल्दथे । बागलुङ नगरपालिका-७, ८ र ९ वडामा खाम पाङ बोलिन्थ्यो । त्यहाँ अहिले खामभाषा प्रयोग हुनै छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगर बताउँछन् । ‘पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ’, उनी भन्छन् । बागलुङको पश्चिमी क्षेत्रमा बोलिने मगर ‘खाम भाषा’ संकटमा परेसँगै लोप हुने जोखिममा पुगेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा लोप हुने जोखिम बढेपछि बूढापाका पनि चिन्तित छन् । अठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको ...
बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

समाचार, समाज / जिवनशैली
२४ साउन, बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।’ दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ । राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शङ्कर मात्र नभई राप्ती सोनारी–७ मा पर्ने देउपुर्व...