समाज

२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली
भाद्र ७, बुटवल । एक उदाहरणीय कार्य, जस्ले करिब दुइवर्ष देखी अलपत्र अवस्थामा रहेको घर आफ्नो जन्मदिनको अवसर पारेर उक्त घर निर्माण सम्पन्न गर्न आर्थिक सहयोग गरेका छन्। रुपन्देहीको सुद्धोधन गाउँपालिका बस्ने सुशान्त आचार्यले भाद्र ६ गते आफ्नो २२ औं जन्मोत्सवको अवसर पारेर विभिन्न सामाजिक कार्य एवम् आर्थिक सहयोग गरेका छ । दुःखमा परेका केशब थारुको घर जग उठाएर पनि आर्थिक समस्या भएकै कारण अलपत्र परेको अवस्थामा थियो। उक्त अलपत्र परेको घरमा ६० हजार भन्दा धेरै आफ्नो लगानी गर्दै घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । त्यस्तै उनले शुद्धोधन गाउँपालिका आयुर्वेद सेवा शाखा र पशु सेवा शाखाको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन । श्री समैदेवी प्राथमिक विद्यालय शुद्धोधन २ कोलुवा रुपन्देही का विद्यार्थीहरूलाई कपी कलम समेत सहयोग गरेका छन । जन्मदिनको अवसरमा आचार्यले ७० जना विद्य...
प्रधानमन्त्रीको प्रष्टोक्ती : भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको हो

प्रधानमन्त्रीको प्रष्टोक्ती : भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको हो

राजनीति, समाज
६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताए । ‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यु टावर होइन । भ्यु टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेकस हो ।’ साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा बिभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटेल, आइटी पार्क बन्न सक्छन् ।’ यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको बताए ...
‘पहिरोले इन्द्रावती नदी थुनी पो हाल्छ कि!

‘पहिरोले इन्द्रावती नदी थुनी पो हाल्छ कि!

समाचार, समाज
६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन् । आइतबारदेखि बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएको छैन । तिपेनी बजारका स्थानीय युवराज गिरी सुख्खा पहिरो झर्न नरोकिँदा नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको बताउँछन् । ठूलो पहिरो झरेर इन्द्रावती नदी थुनिए त्यसले ठूलो क्षति पुर्‍याउने जोखिम बढेको उनी बताउँछन् । पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछिन् । नदीको छेउमा...
इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

समाचार, समाज, समाज / जिवनशैली
५ भदौ, इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने । उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएक...
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो । @अनलाइनखबर...
अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । ‘बेनी–दरबाङ सडक पाखो र...
मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।...
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आध्यात्मा / राशिफल, समाचार, समाज, समाज / जिवनशैली
४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसक...
सहकारीले ठग्यो राजेन्द्रको सवा करोड, उपचार खर्च नहुँदा मृत्यु

सहकारीले ठग्यो राजेन्द्रको सवा करोड, उपचार खर्च नहुँदा मृत्यु

समाचार, समाज, समाज / जिवनशैली
२७ साउन, काठमाडौं । बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् । पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो । मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको हो । स्थापित...
बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

बडिगाड पहिरोमा थप एक जनाको शव भेटियो, दुई जना बेपत्ता

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
२४ साउन, काठमाडौं । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव बिहीबार बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकार...